जोडिनुहोस
  • होमपेज
  • मिडियामाथिको आरोप पुष्टि गर्न लामिछानेलाई मिडिया सोसाइटीको चुनौती

मिडियामाथिको आरोप पुष्टि गर्न लामिछानेलाई मिडिया सोसाइटीको चुनौती

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया र मिडियाकर्मीमाथि लगाएको आरोप पुष्टि गर्न नेपाल मिडिया सोसाइटीले चुनौति दिएको छ ।

सोमबार बिज्ञप्ति जारी गर्दै आधारहीन, पूर्वाग्रही र मनगढन्ते आरोप लगाउँदै आइतबार दिएका धम्कीपूर्ण अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर घात भएको बताएको छ।

सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सोमबार विज्ञप्ति जारी गरी लामिछानेलाई आफ्ना अभिव्यक्ति तत्काल सच्याउन, गालीगलौज फिर्ता लिन र लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका छन्।

‘नेपाल मिडिया सोसाइटी लामिछाने र उनको दललाई प्रश्न गर्न चाहन्छ, नेपालको प्रचलित संविधान, ऐन, कानुन र नेपालको न्यायपालिकामाथि बर्बराहट गर्ने अधिकार कहाँबाट प्राप्त भयो, तसर्थ समयमै आफ्नो गल्ती सच्याउन र आमजनता तथा मिडियाको संवैधानिक अधिकारमाथि चुनौती दिने गल्ती नदोहोर्‍याउन चेतावनी दिन चाहन्छौं,ु विज्ञप्तिमा भनिएको छ ।

329769581_1267273517479576_328206356298594773_n1675732906.jpg

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances