समाचार

  • घुस दिन खोज्ने चालकसहित ३ जना पक्राउ

    घुस दिन खोज्ने चालकसहित ३ जना पक्राउ

    काठमाडौ । प्रहरीलाई ३ लाख ५० हजार रुपैयाँ घुस दिन खोज्ने दिल्ली–काठमाडौं चल्ने टुरिष्ट बसका चालकसहित ३ जना पक्राउ परेका छन । प्रहरीलाई घुस दिन खोज्ने भारतको दिल्लीबाट काठमाडौं चल्ने ना ५ ख ४८४२ नम्बरको टुरिष्ट बसका चालक श्याम विश्वकर्मा, सुर्खेतकी दिपा राना र नुवाकोट ककनीका भरत तामाङलाई पक्राउ गरी आज(सोमवार) पत्रकार सम्मेलन गरी सार्वजनिक […]

    सोमवार, बैशाख २, २०७६
  • सिन्दुर खेलेर ३२ खट जात्रा अर्थात सुथः सिया जात्रा मनाइयो

    सिन्दुर खेलेर ३२ खट जात्रा अर्थात सुथः सिया जात्रा मनाइयो

    भक्तपुर । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका वासिन्दाले आज(सोमवार) विहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर ३२ खट जात्रा अर्थात सुथः सिया जात्रा मनाएका छन् । थिमिको टोल टोलबाट बिभिन्न देवताहरुको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पुजाआजाका साथ यो जात्रा मनाईएको हो । थिमिमा मात्र मनाईने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर स्थानीय बाजामा नाच्दै, हातहातमा […]

    सोमवार, बैशाख २, २०७६
  • दुईबर्षभित्र नेपाललाई पूर्ण साक्षर मुलुक बनाउने प्रधानमन्त्रीको घोषणा

    दुईबर्षभित्र नेपाललाई पूर्ण साक्षर मुलुक बनाउने प्रधानमन्त्रीको घोषणा

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्ष बिद्यालय भर्ना अभियानलाई शसक्त रुपमा अघि बढाइने बताउनु भएको छ । आज बालुवाटारमा समता स्कूल काठमाडौंलाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले यसअघिका बर्षमा केहि बालबालिका भर्ना अभियानबाट छुटेको भन्दै यस पटकदेखि कोहि पनि बिद्यार्थी बिद्यालय जानबाट बञ्चित नहुने स्पष्ट पार्नुभयो । उहाँले बिद्यालय भर्ना […]

    सोमवार, बैशाख २, २०७६
  • छुट्टाछुट्टै स्थानमा दुर्घटनामा, ३ जनाको मुत्यु, १२ जना घाइते

    छुट्टाछुट्टै स्थानमा दुर्घटनामा, ३ जनाको मुत्यु, १२ जना घाइते

    रुपेश दुलाल / हेटौँडा । मकवानपुरमा गएराति भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मुत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत मनहरी गाउपालिका ७ मा पोखराबाट विरगंजतर्फ जाँदै गरेको ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्री अन्दाजी ६५ बर्षीय एक बृद्धलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै, पुर्वपश्चिम […]

    सोमवार, बैशाख २, २०७६
  • जग्गामा अनियमितता प्रकरणको विरोधमा विवेकशील साझाको प्रदर्शन

    जग्गामा अनियमितता प्रकरणको विरोधमा विवेकशील साझाको प्रदर्शन

    काठमाडौ । विवेकशील साझा पार्टीले बिभिन्न स्थानका जग्गामा भएको अनियमितता प्रकरणको विरोधमा प्रदर्शन गरेको छ । आज बालुटारस्थित प्रधानमन्त्री निवास अगाडि विवेकशील सझा पार्टीका नेता तथा कार्यकर्ताले हायात होटलका साथै बालुवाटारको जग्गामा अनियमतता भएको भन्दै प्रदर्शन गरेका हुन । उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सरकारलाई खबरदारी गर्ने उद्देश्यले प्रदर्शन गरिएको […]

    सोमवार, बैशाख २, २०७६
  • नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने अनौठो फूल !

    नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने अनौठो फूल !

    सिरहा – सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौँमा रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुभेन्द्र दासले लेखेका छन् । […]

    आइतवार, बैशाख १, २०७६
  • मिलेमतोमा अवैध विद्यार्थी लाई वैध बनाइँदै

    मिलेमतोमा अवैध विद्यार्थी लाई वैध बनाइँदै

    काठमाडौं – पोखरा विश्वविद्यालय प्राज्ञिक परिषद्को निर्णय उल्टाउँदै निजी कलेज सञ्चालकहरू अवैध विद्यार्थीलाई वैध बनाउन लागिपरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा सूर्य अर्यालले लेखेका छन् । विश्वविद्यालयको गत जेठ १८ गते बसेको प्राज्ञिक परिषद्को बैठकले कक्षा ११ र १२ मा ‘सी’ वा जीपीए २.० ग्रेड ल्याउनेले मात्र व्यवस्थापन, विज्ञान तथा प्रविधि संकायमा भर्ना […]

    आइतवार, बैशाख १, २०७६
  • लुक्लामा विमान दुर्घटना, तीन जनाको मृत्यु

    लुक्लामा विमान दुर्घटना, तीन जनाको मृत्यु

    काठमाडौं– सोलुखुम्बुको लुक्ला विमानस्थलमा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  हवाई जहाज र हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा समिट एयरका कोपाइलट सुदीप ढुंगाना, पर्यटक प्रहरी असई रामबहादुर खड्का र असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा समिट एयरका क्याप्टेन […]

    आइतवार, बैशाख १, २०७६
  • आयोगद्वारा ९ महिनामा २० हजारभन्दा बढी मुद्दा दायर

    आयोगद्वारा ९ महिनामा २० हजारभन्दा बढी मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ सालमा २ सय ३५ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । आयोगले गत साउन महिनादेखि चैत मसान्तसम्ममा ती मुद्दा दायर गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । यस अवधिमा भ्रष्टाचार विरुद्ध ९० वटा स्टिङ अपरेशन गरी १ सय २७ जनामाथि कारबाही गरिएको आयोगका प्रवक्ता […]

    आइतवार, बैशाख १, २०७६
  • लामो समयदेखि राजदूत रिक्त रहेको नेपाली दूतावासको करोडौँ खर्च

    लामो समयदेखि राजदूत रिक्त रहेको नेपाली दूतावासको करोडौँ खर्च

    काठमाडौँ – संयुक्त अरब इमिरेट्को आवुधावी र मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासमा लामो समय राजदूत रिक्त रहे पनि राजदूत निवास तथा अन्य सेवासुविधाका नाममा झन्डै ३ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन् । महालेखा परीक्षकको शुक्रबार सार्वजनिक प्रतिवेदनमा जनाइएअनुसार आबुधाबीस्थित नियोगले राजदूत निवासका नाममा २०७३ वैशाखदेखि […]

    आइतवार, बैशाख १, २०७६