जोडिनुहोस
  • होमपेज
  • प्रहरीले भन्यो- राइड शेयरमा बढी भाडा लिए १०३ मा फोन गर्नु

प्रहरीले भन्यो- राइड शेयरमा बढी भाडा लिए १०३ मा फोन गर्नु
काठमाडौँ । नेपाल प्रहरीले विभिन्न राइड शेयरिङ एपले यात्रुहरुलाई बढी भाडा लिएको गुनासो आएको हुनाले १०३ मा फोन गरेर जानकारी दिन आग्रह गरेको छ ।

प्रहरीले विभिन्न राइड शेयर गर्दा यात्रुहरुसँग बढी भाडा लिएको र अफलाइन भाडा बार्गेनिंग गरेको गुनासो आएको भन्दै राइडरहरुले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिनआग्रह गरेको छ ।

आज यातायात व्यवसायीहरुले यातायात बन्द गरेपछि राइडरहरुले अफलाइनमा बढी भाडा लिइरहेको पाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका