जोडिनुहोस
  • होमपेज
  • अमेरिकाको कोलोराडोमा इजरायली बन्धकको समर्थनमा भएको प्रदर्शनमा आक्रमण

अमेरिकाको कोलोराडोमा इजरायली बन्धकको समर्थनमा भएको प्रदर्शनमा आक्रमण

अमेरिकाको कोलोराडोको बोल्डरमा एक व्यक्तिले मानिसहरूको भीडमा एक जनालाई आगो लगाउन खोज्दा अरू धेरै जना घाइते भएका छन् । इजरायली बन्धकहरूको समर्थनमा उनीहरूको रिहाइको माग गर्दै आयोजना भएको प्रदर्शनमा घटना भएको बीबीसीले जनाएको छ ।घटनाबारे छानबिन गरिरहेको एफबीआईले यो घटनालाई आपराधिक गतिविधिको संज्ञा दिएको छ ।

अमेरिकामा रन फर देयर लाइभ्स नामको समूहले प्रदर्शन गरिरहँदा एक जनाले प्रज्वलनयुक्त तरल पदार्थ भएको बोतल फ्याँकेपछि आगो लाग्न शुरू भएको थियो । घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।

यसैबीच इजरायलका विदेशमन्त्री गिदोन सारले कोलोराडो घटनालाई यहुदी विरोधी आक्रमण भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका