समाचार

  • लकडाउन खुकुलो बनाउन सरकारलाई बिज्ञहरुको सुझाब

    लकडाउन खुकुलो बनाउन सरकारलाई बिज्ञहरुको सुझाब

    काठमाडौं-  जारी लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लगातार लकडाउन गर्दै सवारीसाधन चलाउन तथा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कनसमेत प्रतिबन्ध लगाउँदै आएपछि मानिसहरु समस्यामा पर्न थालेका छन् । लकडाउनको मोडालिटी परिवर्तन गरिनुपर्ने चर्को आवाज उठ्न थालेसँगै सरकारले तहगत […]

    बिहिबार, जेष्ठ २२, २०७७
  • अभद्र व्यवहारको अभियोगमा वडा अध्यक्षसहित तीन पक्राउ

    अभद्र व्यवहारको अभियोगमा वडा अध्यक्षसहित तीन पक्राउ

    रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोड तथा प्रहरीमाथी अभद्र व्यवहार गरेको अभियोगमा मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दिपक केसी पक्राउ परेका छन ।

    बुधबार, जेष्ठ २१, २०७७
  • नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुग्यो, २ सय ७८ जना डिस्चार्ज

    नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुग्यो, २ सय ७८ जना डिस्चार्ज

    काठमाडाैं । नेपालमा थप २ सय १ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै बुटबलमा गरिएको परीक्षणमा कोरोना संक्रमित थपिएका छन् । बुटबलमा गरिएको परीक्षणमा मात्रै ९५ जना थपिएका छन् […]

    बुधबार, जेष्ठ २१, २०७७
  • सरकारको कर ताकेताबारे कांग्रेस सभापतिले भने- अब भद्र अवज्ञा आन्दोलनको विकल्प छैन

    सरकारको कर ताकेताबारे कांग्रेस सभापतिले भने- अब भद्र अवज्ञा आन्दोलनको विकल्प छैन

    काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीलाई कर तिर्न जारी गरेको उर्दि नसच्याए भद्र अवज्ञा आन्दोलनको विकल्प नभएको बताएका छन् । सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनका कारण व्यवसायमा समस्या परेकोतर्फ सरकारले ध्यान दिन नसकेको भन्दै आलोचना समेत गरेका छन् । देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘साना—ठुला ब्यवसायीले लक डाउनका कारण भोगिरहेका चुनौतीलाई नजरअन्दाज गरेर […]

    बुधबार, जेष्ठ २१, २०७७
  • क्वारेन्टाइन कै व्यवस्थापनमा किन चुक्यो कर्णाली प्रदेश सरकार ?

    क्वारेन्टाइन कै व्यवस्थापनमा किन चुक्यो कर्णाली प्रदेश सरकार ?

    सुर्खेत- दैलेखको नारायण नगरपालिकाद्वारा सञ्चालित नारायण क्याम्पसको क्वारेन्टाइनमा कोरोना ‘पोजेटिभ’ ३४ जनासँगै आफूहरुलाई राखिएको भन्दै त्यहाँ रहेका २१८ जनाले सोमबार नाराबाजी गरे । कोरोना पहिचानको नतिजा आएको तीन दिन बितिसक्दासमेत आइसोलेशन वार्डमा नराखिएकामा आक्रोशितहरुले विद्रोह गर्ने चेतावनी दिएपछि बल्ल अलग गराइयो । क्वारेन्टाइनमा रहेकाले पुनः परीक्षण गर्नुपर्ने माग राख्दै थिए । स्थानीय प्रशासनले र्‍यापिड डाइग्नोष्टिक […]

    बुधबार, जेष्ठ २१, २०७७
  • लकडाउनको स्वरुप परिवर्तनबारे छलफल गर्न प्रधानमन्त्रीले २५ विज्ञ बालुवाटार बोलाए

    लकडाउनको स्वरुप परिवर्तनबारे छलफल गर्न प्रधानमन्त्रीले २५ विज्ञ बालुवाटार बोलाए

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको स्वरुप परिवर्तनबारे छलफल गर्न विज्ञहरुलाई बोलाएका छन्। छलफलका लागि आज दिउँसो ४ बजे स्वास्थ्य, अर्थ, सामाजिक क्षेत्रका २५ जना विज्ञहरूलाई बालुवाटार बोलाइएको छ । लकडाउनको मोडालिटी मात्रै होइन। यसको इम्प्याक्टमा छलफल हुन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। छलफलमा स्वर्णिम वाग्ले, डा भगवान् कोइराला, डा।लोचन कार्की […]

    बुधबार, जेष्ठ २१, २०७७
  • कोरोना भाइरस परीक्षण निजीलाई पनि दिने सरकारको तयारी

    कोरोना भाइरस परीक्षण निजीलाई पनि दिने सरकारको तयारी

    काठमाडौं – सरकारले कोरोना भाइरसको परीक्षण निजी तथा सामुदायिक अस्पताललाई पनि दिने तयारी गरेको छ । भारतसहित तेस्रो मुलुकबाट नागरिक ल्याउने तयारी गरेसँगै सरकारले परीक्षणको दायरा बढाउन यस्तो तयारी गरेको हो । अहिले मुलुकभर विभिन्न २० स्थानबाट मात्र कोरोना भाइरसको पीसीआर परीक्षण हुँदै आएको छ । अहिले सम्म सरकारी स्वामित्वका अस्पतालमा मात्रै परीक्षण ल्याब स्थापना […]

    बुधबार, जेष्ठ २१, २०७७
  • मुसीकोटमा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी आक्रमण (फोटो फिचरसहित)

    मुसीकोटमा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी आक्रमण (फोटो फिचरसहित)

    रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेको अस्थायी प्रहरी पोष्टमा वडाध्यक्षकै नेतृत्वमा आक्रमण भएको छ। मुसिकोट नगरपालिका वडा नम्बर १३ का अध्यक्ष दीपक केसी लगायतका केहि ब्यक्तिहरुले पोष्टमा गएर प्रहरीमाथी आक्रमण गरेका हुन्। प्रहरीमाथी केहि स्थानीयहरुसहित पुगेका वडाध्यक्षले प्रहरीमाथी आक्रमण गर्नुका साथै कार्यालयका सामाग्रीहरु समेत तोडफोड गरेका हुन।

    बुधबार, जेष्ठ २१, २०७७
  • अस्पतालले भर्ना नलिंदा कैलालीमा ५ जना कोरोना संक्रमित रातभर मन्दिरमा

    अस्पतालले भर्ना नलिंदा कैलालीमा ५ जना कोरोना संक्रमित रातभर मन्दिरमा

    काठमाडौं – अस्पतालले भर्ना लिन नमानेपछि कैलालीको गौरीगंगा नगरपालिकाका ५ जना कोरोना संक्रमितले रातभर मन्दिरमै बसेका छन् । नगरपालिकाकाले कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा पठाएपनि अस्पतालले भर्ना नलिएपछि ५ जना संक्रमित रातभर मन्दिरमै बसेका हुन् । नगरपालीकाका प्रवक्ता नरेन्द्र बहादुर शाहका अनुसार, सेती प्रादेशिक अस्पतालले वेड अभाव देखाउँदै भर्ना लिन नमानेपछि संक्रमितहरु मन्दिरमै […]

    बुधबार, जेष्ठ २१, २०७७
  • डोटीमा स्वास्थ्यकर्मीमाथि कुटपिट

    डोटीमा स्वास्थ्यकर्मीमाथि कुटपिट

    डोटी – कोरोना भाइरस सर्ने भन्दै डोटीको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरेका छन् । गाउँको बाटो हिँड्ने क्रममा कोरोना सङ्क्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन व्यक्तिले उनलाई गालीगलौज गर्दै ढुङ्गामुढा प्रहार गरी घाइते बनाएका हुन् । स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै बिनाकारण आफूमाथि आक्रमण गरेको घाइते […]

    बुधबार, जेष्ठ २१, २०७७