समाचार

  • यसकारण उर्लियो भक्तपुरमा हनुमन्ते

    यसकारण उर्लियो भक्तपुरमा हनुमन्ते

    काठमाडौं – बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ । निकास नपाएर सहर पसेको खोलाले अरनिको राजमार्गसहित कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर साख्वा चोक, बुढाथोकी गाउँ, राधेराधे क्षेत्र डुबानमा परेको थियो । त्यस्तै, भाटभटेनी सुपर मार्केटको पहिलो तल्ला जलमग्न भएको थियो […]

    शुक्रबार, असार २९, २०७५
  • अक्सिजनको मूल्य १२५ प्रतिशतसम्म वृद्धि

    अक्सिजनको मूल्य १२५ प्रतिशतसम्म वृद्धि

    काठमाडौं – बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा विक्रीवितरणमा स्न्डििकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १ सय २५ प्रतिशतसम्म मूल्य बढाएका छन् । मुलुकका विभिन्न १० वटा अक्सिजन ग्यास उत्पादक कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी मूल्य बढाएका हुन् । ती कम्पनीले साविकको २ सय रुपैयाँ मूल्यमा पाइने अक्सिजन ग्यास सिलिन्डरको मूल्य बढाएर ४ […]

    शुक्रबार, असार २९, २०७५
  • ४४ देशबाट आयात मात्र

    ४४ देशबाट आयात मात्र

    काठमाडौं – मुलुकको वैदेशिक व्यापार विस्तार हुँदै एक सय ५२ भन्दा धेरै देशमा पुगिसकेको छ । एक लाखभन्दा तलको व्यापार गर्ने मुलुकको संख्या दर्जनौं छन् । वैदेशिक व्यापारको तथ्यांक हेर्दा चाख लाग्दो विषय के छ भने, नेपालले व्यापार गर्ने एक सय ५२ मुलुकमध्ये ४४ देशसँग दुईपक्षीय व्यापार छैन । अर्थात ४४ मुलुकबाट नेपालले आयात मात्र […]

    शुक्रबार, असार २९, २०७५
  • ८० जना न्यायाधीशको पद जोखिममा

    ८० जना न्यायाधीशको पद जोखिममा

    काठमाडौं – उच्च अदालतका ८० जना न्यायाधीशको पद जोखिममा परेको छ । ती न्यायाधीशको नियुक्तीको निर्णय बदर गरी कानुनबमोजिम पुनःन्यायाधीश नियुक्ति गर्नुपर्ने मागसहित दायर रिटउपर विहीबार सर्वोच्च अदालतले सुनुवाईका लागि संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्न आदेश दिएपछि उनीहरूको पद जोखिममा परेको हो । सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीले उक्त रिट विचाराधीन रहेकाले धेरै कुरा […]

    शुक्रबार, असार २९, २०७५
  • डा. गोविन्द केसीका माग हुबहु कार्यान्वयन हुँदैनन्ः प्रचण्ड

    डा. गोविन्द केसीका माग हुबहु कार्यान्वयन हुँदैनन्ः प्रचण्ड

    कृष्ण अाचार्य । चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले डा. गोविन्द केसीको माग हुबहु कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले कसैले भनेकै भरमा सबै माग सम्बोधन हुन नसक्ने बताउनुभयो । उहाँले सार्बभौम अधिकार सम्पन्न संसद भन्दा माथि कोही पनि नहुने भन्दै कुनै व्यक्तिले […]

    बिहिबार, असार २८, २०७५
  • फुजेल घटनाका आरोपी छविलाल पौडेललाई रिहाई गर्न माग

    फुजेल घटनाका आरोपी छविलाल पौडेललाई रिहाई गर्न माग

    काठमाडौं । गोरखा फुजेलका सचेत नागरिक परिवारले कृष्णप्रसाद अधिकारी हत्याका आरोपित भनेर कारागारमा रहेका गोरखा फुजेलका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल उनको रिहाईको माग गरेका छन् । विहिबार काठमाडौमा पत्रकार सम्मेलन गरि गोरखाका सचेत नागरिक परिवारले कारागारमा रहेका छविलाल पौडेललाई तत्काल रिहाई गर्न माग गरेका हुन् । पत्रकार सम्मेनलमा छविलालका आफन्त पर्शुराम पौडेलले पे्रस विज्ञप्ती […]

    बिहिबार, असार २८, २०७५
  • स्वास्थ्यकर्मीको आन्दोलनले सर्वसाधारण उपचारबाट वन्चित

    स्वास्थ्यकर्मीको आन्दोलनले सर्वसाधारण उपचारबाट वन्चित

    जाजरकोट । दुई सातादेखि जाजरकोट अस्पतालको सेवा अझै सुरु हुन नसक्दा विरामी मर्कामा परेका छन् । स्वास्थ्यकर्मीको आन्दोलनका कारण अस्पतालमा ओपिडी, एक्सरे, ल्याब, खोप लगायतको सेवा अवरुद्ध छ । सेवा ठप्प हुदा १ हजार बढी विरामी उपचार सेवाबाट बन्चित भएका छन् । चिकित्सक, पारामेडिसीन र कर्मचारी आन्दोलनमा उत्रिएपछि २ सातादेखि अस्पतालको ओपीडी लगायत सेवा ठप्प […]

    बिहिबार, असार २८, २०७५
  • ‘भद्र’ र ‘रुपसी’ चीन सरकारलाई हस्तान्तरण,विशेष जहाजमा चढाएर दुवै गैंडालाई चीन पठाइने

    ‘भद्र’ र ‘रुपसी’ चीन सरकारलाई हस्तान्तरण,विशेष जहाजमा चढाएर दुवै गैंडालाई चीन पठाइने

    काठमाडौं । नेपाल सरकारले दुर्लभ एकसिंगे गैंडा चीन सरकारलाई हस्तान्तरण गरेको छ । ललितपुरस्थीत राष्ट्रिय प्रकृति संरक्षण कोषमा आज भएको समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई एक जोडी गैंडा ‘भद्र’ र ‘रुपसी’ हस्तान्तरण गर्नुभएको हो । चीन सरकारलाई उपहारस्वरुप पठाउनका लागि ‘भद्र’ र ‘रुपसी’लाई मंगलबार चितवन राष्ट्रिय निकुञ्जबाट काठमाडौं ल्याइएको […]

    बिहिबार, असार २८, २०७५
  • राष्ट्रिय गौरवको आयोजना “बेनी–जोमसोम–कोरला सडक” स्तरोन्नतीमा ढिलाई

    राष्ट्रिय गौरवको आयोजना “बेनी–जोमसोम–कोरला सडक” स्तरोन्नतीमा ढिलाई

    म्याग्दी । १ सय ८६ किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत १ सय १० किलोमिटरको जोमसोम–कोरला खण्डको स्तरोन्नतीमा ढिलाई भएको छ । जोमसोम–कोरला सडक खण्डको वि.स २०७३ कात्तिक देखि र ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकको कालोपत्रेका लागि वि.स २०७४ असारदेखि काम सुरु भएको थियो । पाँच अर्ब बढीको लागतमा चिनको सिमाना कोरला नाका जोड्ने ब्यापारीक महत्वको […]

    बिहिबार, असार २८, २०७५
  • गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाकाे  निजी जग्गाको मुआब्जा वितरण सुरु

    गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाकाे निजी जग्गाको मुआब्जा वितरण सुरु

    रामहरि न्यौपाने / नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना अन्तरगत सडक क्षेत्रभित्र पर्ने निजी जग्गाको मुआब्जा रकम उपलकब्ध गराउन थालिएको छ । अन्तराष्ट्रिय राजमार्गको परिकल्पना सहित विस्तार भइरहेको गल्छी–स्याफ्रुबेशी सडकको अहिले कायम रहेको सडकबाट स्तरउन्नती गर्न सडक आसपासको दायाँबायाँ १५ मिटर भित्रपर्ने जग्गा अधिग्रहण गर्न आयोजनाले मूल्य निर्धारण सहित रकम […]

    बिहिबार, असार २८, २०७५