जोडिनुहोस
  • होमपेज
  • रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

रोल्पामा तीर्थयात्री सवार जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । जलजला क्षेत्रमा लाग्ने वैशाखे पूर्णिमा जात्रामा सहभागी हुन रुकुम पूर्वबाट तीर्थयात्री बोकेर गएको लु १ ज ४१६७ नम्बरको जिप बिहीबार दिउँसो दुर्घटनामा परेको हाे ।

सिस्ने गाउँपालिका–५ टाकुराका स्थानीय सवार उक्त जिप रोल्पाको थबाङ गाउँपालिका–१, जलजला नजिकै सडकबाट करिब एक किलोमिटर तल खसेको बताइएको छ ।

दुर्घटनामा १७ जनाकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय थबाङका प्रहरी निरीक्षक रामचन्द्र बागाले जानकारी दिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।