
काठमाडौं । स्थानीय बजारमा आज सुन स्थिर मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १५ रुपैयाँ घटेर एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।