
काठमाडौँ । आज दोस्रो ठुलो पर्व तिहारको भाई टीकाको दिन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।
आज आइतबार बिहान ११: ३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिले जानकारी दिएको छ । समितिले पश्चिम फर्केर गरेर भाइटीका लगाउनुपर्ने जनाएको छ ।
यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरु भएको थियो । मङ्गलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइएको थियो भने यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको थियो । कागतिहार पनि बुधबार नै मनाइएको थियो भने आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइएको थियो ।
कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार र तथा कात्तिक १६ गते शुक्रबार औँशी परेको थियो । त्यस दिन भने तिहारको कुनै पर्व परेको थिएन ।
त्यस्तै कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ भएको थियो । त्यस्तै कात्तिक २२ गते बिहीबार छठ पर्व परेको समितिले जानकारी दिएको छ ।