जोडिनुहोस

हालको खबर

Les grands Casinos un brin Gaulois
  • २५ seconds अगाडि
Play Free Slots 32,178+ Salle de jeu Slot Demos
  • ६ मिनेटutes अगाडि
  • होमपेज
  • मधेसका ८ राज्यमन्त्री बर्खास्त

मधेसका ८ राज्यमन्त्री बर्खास्त

काठमाडौं। मधेस प्रदेश सरकारका राज्यमन्त्री बर्खास्तीमा परेका छन्।

मुख्यमन्त्री सतिशकुमार सिंहले आज ८ वटै राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका हुन्। शुक्रबार मात्रै जनमत पार्टी केन्द्रले मुख्यमन्त्री सिंहलाई समन्वय नगरी मन्त्रालय बाँडफाँट गरेको भन्दै स्पष्टीकरण सोधेको थियो।

अनावश्यक राज्यमन्त्री थपिएको र मन्त्रीहरूको समय उद्घाटन मै बितिरहेको भन्दै स्पष्टीकरण सोधिएको थियो। गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले पनि राज्यमन्त्री हटाइएको बताए।

मुख्यमन्त्री सिंहले साउन २४ गते मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए। मधेस सरकारमा रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्री थिए।