
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर साहले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए ।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै काठमाडौं–४ बाट निर्वाचित सांसद थापाले यस विषयमा तत्काल बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।