
काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा नाम जोडिएका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्न तयार भएको बताएको छ । बुधबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले गुरुङ स्वयंले केही गल्ती भए छानबिनमा सहयोग गर्न आफू तयार रहेको बताएको जानकारी दिए ।
“कुनै ठाउँमा गल्ती भएको छ भने उहाँ स्वयंले मेरो विषयमा छानबिन होस् भन्नुभएको छ । छानबिन गराउन कांग्रेस तयार छ,” उनले भने ।
घिमिरेले डिभोर्स नक्कली नहुने बताए । “डिभोर्स पनि नक्कली हुन्छ ? डिभोर्स विसं. २०७६ सालमा नै भइसकेपछि त्यो प्रश्नलाई नक्कली वा सक्कली भनेर सदनमा उठाउनु संसदीय बहसको विषय बन्न सक्दैन भन्ने कांग्रेसको धारणा हो,” उनले भने ।