
काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
सोमबार १ लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज १ लाख ५१ हजार ४ सय रुपैयाँ प्रतितोला पुगेको हो ।
सुनको मूल्य आइतबार एकैदिन प्रतितोला २ हजार २ सयले घटेको थियो । सोमबार ४ सयले वृद्धि हुँदा आज २ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य भने आइतबारदेखि नै स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदीको मूल्य त्यसपछि १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।