जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • दोस्रो त्रैमासिक अवधिसम्मको वृद्धिदर ऋणात्मक

दोस्रो त्रैमासिक अवधिसम्मको वृद्धिदर ऋणात्मक

काठमाडौँ– चालु आर्थिक वर्ष २०७९-८० को दोस्रो त्रैमासिक अवधिसम्मको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) वृद्धिदर ऋणात्मक देखिएको छ । चालू आवको बजेटमार्फत आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको नेपालले अर्धवार्षिक अवधिमा भने ऋणात्मक वृद्धिदर भोगेको हो ।

केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको गत पुस मसान्तसम्मको आर्थिक वृद्धिदर अनुमान हेर्दा पहिलो त्रैमास (साउन, भदौ र असोज) मा शून्य दशमलव ३४ र दोस्रो त्रैमास (कात्तिक, मङ्सिर र पुस) मा शून्य दशमलव ७३ प्रतिशतले ऋणात्मक देखिएको हो ।

तथ्यांक कार्यालयले लगानी, उपभोग, बचतलगायतका आर्थिक सूचक हेरेर कूल गार्हस्थ्य उत्पादन अनुमान गर्दै आएको छ । त्रैमासिक कूल गार्हस्थ्य उत्पादनको अनुमान तयार गर्दा मौसमी प्रभाव विश्लेषणसहित र मौसमी प्रभाव विश्लेषणबिना गरी दुई प्रकारका तथ्यांक निकालिएको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ । मौसमी प्रभाव विश्लेषणबिनै गरिएको आर्थिक वृद्धिदर भने एक दशमलव एक प्रतिशतले ऋणात्मक हुने प्रारम्भिक अनुमान गरिएको छ ।

तथ्यांक कार्यालयका अनुसार खानी तथा उत्खनन, उद्योग, निर्माण, व्यापार, यातायात तथा गोदाम क्षेत्रको वृद्धिदरमा ठूलो गिरावट देखिएको छ । ‘निर्माण क्षेत्रमा सबैभन्दा कम २० दशमलव छ प्रतिशतले उत्पादनमा कमी हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण सामग्रीको आन्तरिक उत्पादन र आयातमा आएको गिरावटका साथसाथै निर्माण क्षेत्रमा भएको शिथिलताले यस क्षेत्रमा नकारात्मक असर परेको देखिन्छ’, केन्द्रीय तथ्यांक कार्यालयले भनेको छ, ‘त्यसैगरी खानी तथा उत्खनन १६ दशमलव चार, व्यापार नौ दशमलव सात, यातायात पाँच दशमलव पाँच र औद्योगिक उत्पादनमा चार दशमलव तीन प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान गरिएको छ ।’

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक र अघिल्लो वर्षको दोस्रो त्रैमासिकबीच क्षेत्रगत तुलना गर्दा सबैभन्दा बढी आर्थिक वृद्धिदर आवास र भोजन सेवामा २० दशमलव चार प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । पर्यटकको आगमनमा भएको सुधारात्मक वृद्धिले यस क्षेत्रमा प्रत्यक्षरुपमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

वित्तीय तथा बीमासम्बन्धी क्षेत्रको वृद्धिदर १४ प्रतिशत र विद्युत् क्षेत्र आठ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । पेसागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापमा छ दशमलव तीन र सार्वजनिक प्रशासन सेवाको क्षेत्रमा पाँच दशमलव सात प्रतिशतले उत्पादन वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।

‘मौसमी प्रभाव समायोजित त्रैमासिक सूचकांक हेर्दा चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिभन्दा दोस्रो त्रैमासिक अवधिमा कूल २१ प्रकारका उद्योगमध्ये पाँचको वृद्धिदर ऋणात्मक हुने र बाँकी उद्योगको उत्पादनमा धनात्मक रहने प्रारम्भिक अनुमान गरिएको छ’, केन्द्रीय तथ्यांक कार्यालयले भनेको छ ।

वित्तीय तथा बीमासम्बन्धी क्रियाकलापमा सबैभन्दा धेरै चार दशमलव सात प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । त्यसैगरी स्वास्थ्य, शिक्षा र कृषिका क्षेत्रमा क्रमशः दुई दशमलव तीन, दुई दशमलव दुई र एक दशमलव छ प्रतिशतले वृद्धि हुने अनुमान छ । अर्कोतर्फ सोही अवधिमा खानी तथा उत्खननका क्षेत्रमा सबैभन्दा कम १८ दशमलव पाँच प्रतिशतले उत्पादनमा कमी हुने प्रारम्भिक अनुमान गरिएको छ ।

त्यसपछि आवास तथा भोजन सेवा, औद्योगिक उत्पादन, निर्माण, व्यापार र यातायातका क्षेत्रमा  क्रमशः छ दशमलव छ-छ दशमलव दुई, छ दशमलव एक, चार दशमलव तीन र चार दशमलव एक प्रतिशतले अघिल्लो त्रैमासिकको तुलनामा कमी हुने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्