जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • सिमसार क्षेत्रमा थपिँदै चुनौती

सिमसार क्षेत्रमा थपिँदै चुनौती

काठमाडौँ, अभिभावकीय अन्योल कायम रहँदा नेपालका सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिँदै गएको छ। सिमसार क्षेत्र पानीको स्रोत मात्र नभएर समग्र प्राणीको जनजीविकाको आधार र पारिस्थितिक प्रणालीको जग मानिन्छ।

त्यसको पुष्टि नेपालका वन, जल र वन्यजन्तुसँग सम्बन्धित ऐन तथा नीतिले स्वीकार गरे पनि संरक्षणमा अभिभावकत्व ग्रहण गर्ने सवालमा भने एक–अर्कालाई पन्छाउने गरिएको छ।

यस्तै अन्योलका कारण सिमसार क्षेत्रको संरक्षण हुन नसकेको संरक्षण क्षेत्रका प्रमुख स्वीकार गर्छन्। नदी तथा तलाउजन्य सिमसार क्षेत्रको विनाश नरोकिँदा पर्सा राष्ट्रिय निकुञ्जको अवस्था दयनीय बनेको छ।

पूर्ण प्राकृतिक तालका रूपमा एउटा मात्र लौकी दह पर्सामा छ। फोहोर प्रदूषण र त्यसको जल सतहको अवस्था जर्जर रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक राम बताउ५न्।

मानव निर्मित भए पनि अलिक पुरानो हलखोरिया ताल र काली दह अर्को दुईवटा तालको पानी त्यहाँको वन्यजन्तु र संरक्षित क्षेत्रको श्वास लिने आधार हो। भूमिगत जलको तह धसिँदै जाँदा ती तालको पानी पनि बिस्तारै कम हुँदै गएको छ। उनले भने, “वर्षाको छ महिनाबाहेक हिउँदको छ महिना हामी ट्याङ्करमा बोकेर वन्यजन्तुलाई पानी खुवाउन बाध्य छौँ।”

अशोक रामका अनुसार ठाउँ–ठाउँमा कृत्रिम पोखरी खनेर हिउँदमा पानी बोकेरै जम्मा गरिन्छ। सिमसारयुक्त मानिने चितवन राष्ट्रिय निकुञ्जका प्राकृतिक सिमसार क्षेत्र जोगाउन पनि घाँसे मैदानका बीचबीचमा कृत्रिम पोखरी खन्ने क्रम जारी छ। वनमारा, माइकेनिया र जलकुम्भीका कारण सिमसार क्षेत्र अतिक्रमणमा पर्ने गरेको छ।

सिमसार क्षेत्रका रूपमा परिचित ठूलो नारायणी नदी, राप्ती नदी र रियु खोलामा बढेको मानव अतिक्रमणसँगै प्रदूषणले जलचरमा गहिरो असर पर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए। उनले ने, “चुरेको धारबाट भेल आउँदा बनाएका पोखरी पुरिन्छन्, नदीमा माछा मार्ने र फोहोर गर्नाले चितवनको सिमसारमा जोखिम थपिँदै गएको छ।”

राजधानी काठमाडौँलगायतका सहरी क्षेत्रका सिमसार क्षेत्र प्रायः लोप भइसकेका छन्। तथापि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा त्यसको परिपूरणका लागि वर्षाको पानी सङ्कलन गरेर धाप निर्माण थालिएको छ।

यसले हिउँदको समयमा बाग्मतीलगायत ठूला नदीमा फोहोरभन्दा जलको स्तर बढी कायम राख्न सघाउने अपेक्षा गरिएको निकुञ्ज प्रमुख लक्ष्मणप्रसाद पौडेल औँल्याउछन्। शिवपुरी आसपासका डाँडामा मानव बस्ती बढ्दै जाँदा सिमसार क्षेत्र थप सुक्खा हुने चुनौती बढेको उनी बताउछन्।

सिमसार क्षेत्रको अभाव हुँदा जलचर र वन्यजन्तु मात्र होइन, भविष्यमा यहाँ बस्ने मानिसले स्वच्छ वातावरण र पानी पिउनसमेत नपाउने अवस्था आउन सक्ने दाबी उनी गर्छन्।

सिमसारले ओतप्रोत कोसीटप्पु वन्यजन्तु आरक्षमा पछिल्लो समय प्रदूषण र जलवायु परिवर्तनको तीव्र असर पर्दै गएको प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताए। सो आरक्षको १७५ वर्गकिलोमिटर क्षेत्र नेपालको पहिलो सिमसार क्षेत्रका रूपमा रामसार सूचीमा सूचीकृत भएको थियो।
गोरखापत्र दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्