जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • पाकिस्तानः खैबर पख्तुनख्वामा विद्युतको मूल्यवृद्धि विरूद्ध स्थानीयद्वारा सडक अवरुद्ध गरी प्रदर्शन

पाकिस्तानः खैबर पख्तुनख्वामा विद्युतको मूल्यवृद्धि विरूद्ध स्थानीयद्वारा सडक अवरुद्ध गरी प्रदर्शन

साङ्ला— पाकिस्तानको खैबर पख्तुनख्वामा विद्युतको अत्याधिक मूल्यवृद्धि र मुद्रास्फीतिको विरुद्धमा व्यापारी, नागरिक समाज र राजनीतिक कार्यकर्ताहरूले प्रदर्शन र जुलुस निकालेपछि ठूलो प्रदर्शन भएको डन न्यूजले उल्लेख गरेको छ। डन पाकिस्तानी अंग्रेजी भाषाको अखबार हो।

डनका अनुसार खैबर पख्तुनख्वाको शांगला जिल्लाको चकीसार तहसीलमा विरोध प्रदर्शन गरी सडक अवरुद्ध गरेको जनाएको छ।

प्रदर्शनकारीले महँगो विद्युतको मूल्यपठाएको भन्दै पेशावर विद्युत् आपूर्ति कम्पनीविरुद्ध, पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै संघीय सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।

नागरिक समाजका सदस्य मुशरफ शाह, अब्दुल बार अधिवक्ता, फवाद बुखारीलगायतको नेतृत्वमा निकालिएको र्‍याली चकीसर चोकमा ठूलो जमघटमा परिणत भएको डन समाचारले जनाएको छ । र्‍यालीलाई सम्बोधन गर्दै उनीहरुले कीर्तिमानी मुद्रास्फीतिले जनतालाई आत्महत्या गर्न बाध्य बनाएको शासकलाई कुनै चिन्ता नभएको बताए । मुशर्रफ शाहले शासकहरूले देशलाई अन्तर्राष्ट्रिय मुद्रा कोषमा धितो राखेको दाबी गरे।

आन्दोलनकारीले सरकारले तत्काल विद्युत महसुल र पेट्रोलियम पर्दाथको मूल्य घटाउनुपर्ने माग गरेका छन् । यसैबीच साङ्ला व्यापारी युनियनका अध्यक्ष मोहम्मद जादाले पनि महँगो विद्युत् महसुलको विरोधमा शनिबारदेखि बन्द हडतालको घोषणा गरेका छन् ।

बिजुलीको अत्याधिक मूल्य विरुद्धको देशव्यापी आन्दोलनमा दिनहुँ धेरै मानिसहरु सहभागी भइरहेका छन् । स्थानीयहरू सडकमा उत्रिएका छन् र विरोधमा नोटहरू जलाएकाृ एआरवाई न्यूजले उल्लेख गरेको छ।

अत्याधिक बिजुलीको मूल्य विरुद्धको विरोध प्रदर्शनहरू देशभर फैलिएका छन् । कराँचीदेखि खैबरसम्म आन्दोलन चर्किन थालेका छन् र केही विरोधहरू अहिले हिंसात्मक बन्दै गएका छन्। शहरको एक मात्र बिजुली प्रदायक के—इलेक्ट्रिकले दिएको अत्यधिक बिलको विरोधमा कराँचीका मानिसहरूले प्रदर्शन गरेका हुन् ।

पाकिस्तानमा सञ्चालित समाचार च्यानल एआरवाई न्यूजका अनुसार मानिसहरूले आफ्नो विद्युतको मूल्य आफ्नो तलबभन्दा बढी भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्