जोडिनुहोस

हालको खबर

Les grands Casinos un brin Gaulois
  • ५ मिनेटutes अगाडि
Cashed Salle de jeu un brin Jeux & Gratification
  • ६ मिनेटutes अगाडि
Play Free Slots 32,178+ Salle de jeu Slot Demos
  • ११ मिनेटutes अगाडि
Originel Casino un peu 2026 Archivage Au top quinze En france
  • ११ मिनेटutes अगाडि
Vegas Hero Salle de jeu Review Partenaire & Player Ratings 2025
  • १२ मिनेटutes अगाडि
  • होमपेज
  • प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । हिजो विपक्षी दलहरूले अवरुद्ध गरेपछि स्थगित भएका बैठक आज बस्न लागेका हुन् ।

आइतबार दुवै सदनको बैठक सुरु हुनेबित्तिकै एमाले लगायत प्रतिपक्षी दलहरूले विरोध गर्दं बैठक अवरुद्ध पारेका थिए ।

विपक्षी दलहरूले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित गरेका थिए । तर, दलहरूबीच सहमति हुन नसकेपछि आइतबार बैठक बस्न सकेन ।

आज प्रतिनिधि सभा बैठक ११ बजेका लागि बोलाइएको छ । बैठक सञ्चालनका लागि आज सभामुखले दलहरूसँग छलफल गर्नेछन् ।

यसैगरी राष्ट्रिय सभा पनि आज १ बजेका लागि बोलाइएको छ ।

विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर संसदमा विरोध गरेका थिए ।

दुवै सदनमा गत १५ गते अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने तयारी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्