जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • नेपाल सरकारलाई भारतद्वारा भूकम्प राहत सामग्री हस्तान्तरण

नेपाल सरकारलाई भारतद्वारा भूकम्प राहत सामग्री हस्तान्तरण

यही कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको प्रतिबद्धता अनुरुप आज भारु। १० करोड बराबरको आपतकालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज आइपग्यो ।

भारतीय वायसेनाको एक विशेष विमान सी-१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर आएको हो । यी आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरुका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लीपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन् ।

भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले यी राहत सामग्री कणरलीका माननीय मुख्यमन्त्री राज कुमार शर्माको उपस्थितिमा नेपालका माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री श्री पूणर् बहादुर खड्कालाई हस्तान्तरण गर्नुभयो ।
आगामी दिनमा राहत सामग्रीका थप खेपहरु नेपाल आइपुग्ने अपेक्षा छ । घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरुलाई हर सम्भव सहयोग गर्न भारत प्रतिबद्ध छ ।

छिमेकी मुलुक होस् या अन्य मुलुक संकटको बेला सहयोगको हात बढाउन भारत सदैव अगाडी रहेको छ । २०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको थियो र बाह्य मुूलुकमा अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपद राहत कार्य संचालन गरेको थियो ।

भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा दीर्घकालीन सहकार्यको एक हिस्साको रुपमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो जसमा नेपालका गोरखा र नुवाकोट जिल्लाका ५०,००० घरहरुको पुनर्निर्माण कार्य समावेश थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्