जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • खानिखोला पहिरो अपडेटः एकै परिवारका पाँच जना बेपता, एकजनाको मृत्यु

खानिखोला पहिरो अपडेटः एकै परिवारका पाँच जना बेपता, एकजनाको मृत्यु

काभ्रे।अविरल बर्षाका कारण गएको पहिरोमा परी काभ्रेको विकट पालिका खानिखोलाका एकै परिवारका ५ जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएका ६ जना मध्ये चिन्ताजनक अवस्थामा उद्धार गरिएकी शान्तिमाया स्याङतानको उपचारको क्रममा मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको खानिखोला, मकवानपुरको बागमती गाउँपालिका सिमानामा रहेको सिक्रेदोभान मकवानपुरको बागमति गाउँपालिकामा पर्छ । खानिखोला-५ घर भई बागमती गाउँपालिका गएका एकै परिवारका ६ जना पुरिएका हुन् ।

पुरिनेहरुमा अक्कलबहादुर स्याङतान, उनको श्रीमती शान्तिमाया स्याङतान, छोरी ज्वाई शिला स्याङतान र जीवन पहरी छन् । साथै उनीहरुका दुई सन्तान साढे दुई बर्षिय छोरा र साढे एक वर्षका छोरा पुरिएका छन् ।

पुरिएकामध्ये अन्यको खोजी कार्य जारी रहेको छ ।अविरल वर्षातका कारण खानिखोला ५ मा रहेको दोश्रो लघु जलविद्युत्तको पावर हाउस पुरिएको छ भने भवन पनि जोखिममा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्