जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • दार्चुलाको हिम पहिरोमा बेपत्ता एक जनाको शव ८ दिनपछि भेटियो

दार्चुलाको हिम पहिरोमा बेपत्ता एक जनाको शव ८ दिनपछि भेटियो

बुधवार डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै बेपत्ता पाँचै जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।

दार्चुलाको ब्याँस गाउँपालिका–१ भोलुममा वैशाख १९ गते गएको हिम पहिरोमा परेर ५ जना बेपत्ता भएका थिए। ७ जनाले भागेर ज्यान जोगाएका थिए।

उनीहरूलाई सोही दिन प्रहरीले सकुशल उद्धार गरेको थियो। यार्सागुम्बा संकलनका लागि भोलुममा पुगेकाहरूमध्ये ५ जना हिम पहिरोमा बेपत्ता भएका थिए।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल नम्बर–५० गुल्मबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले बेपत्ताहरूको खोजी गरिरहेकोमा बुधवार छिमीको शव फेला पारेको हो।

यसअघि अन्य ४ जनाको शव प्रहरीले फेला पारिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्