जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४७ मिनेटutes अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४९ मिनेटutes अगाडि
Verken de Betoverende Wereld van Vulkan Vegas en Win Goud
  • ५३ मिनेटutes अगाडि
Jackpot City Online Casino: A Premium Gaming Destination
  • ५६ मिनेटutes अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • १ घन्टा अगाडि
  • होमपेज
  • कर्जामा अत्यधिक व्याज वृद्धिको समस्या समाधान गर्छौं : प्रधानमन्त्री

कर्जामा अत्यधिक व्याज वृद्धिको समस्या समाधान गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखा परेको संकट समाधान गर्न सरकार गम्भीर भएर लागिरहेको बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको सहकार्यबाट अर्थतन्त्र मजबुत बनाउन सरकार लागिरहेको बताए।

प्रचण्डले भने, ‘बैंक व्याजदरमा भएको वृद्धिका कारणले वित्तीय संकट देखिएको छ। मैले व्याजदर वृद्धि भएको गुनासो आएपछि अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरसँग बैठक गरेको थिएँ। त्यसमा तत्काल राहतको निम्ति के गर्न सकिन्छ भनेर सम्बोधन गर्ने कोसिस गरेको थिएँ।’ लामो समयदेखिको अस्थिरता तथा महामारीका कारणले गर्दा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु, घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरेको बताए।

वित्तीय अस्थिरताका कारण लघु, घरेलु र साना उद्योगीले उपभोग गरेको कर्जामा अत्यधिक व्याज वृद्धि हुन गई उद्योगीहरूमा परेको समस्या तत्काल समाधान गर्ने उपायहरूको खोजी गरिरहेको प्रचण्डको भनाइ छ। राज्यका नीतिगत कारणले पनि घरेलु उत्पादनलाई प्रवर्द्धन गर्न नसकिएको उनको भनाइ छ। प्रचण्डले भने, ‘नेपाली सोँच बनाउन जरुरी छ। कृषिमा आधारित उद्योग नै दीगो विकासको माध्यम हो।’

तपाइको प्रतिक्रिया दिनुहोस्