जोडिनुहोस

हालको खबर

Les grands Casinos un brin Gaulois
  • ३ मिनेटutes अगाडि
Cashed Salle de jeu un brin Jeux & Gratification
  • ३ मिनेटutes अगाडि
Play Free Slots 32,178+ Salle de jeu Slot Demos
  • ८ मिनेटutes अगाडि
  • होमपेज
  • काठमाडौँको टोखामा आगलागी हुँदा एक करोडको क्षति

काठमाडौँको टोखामा आगलागी हुँदा एक करोडको क्षति

काठमाडौँ – काठमाडौँको टोखामा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ ।

टोखा नगरपालिका वडा नं ८ मिलनटोलमा शुक्रबार राति ७ बजेर २० मिनेट जाँदा श्याम श्रेष्ठले निर्माण गरेको मिलन बजारमा धर्मराज डङ्गोलले सञ्चालन गरेको मासु पसलबाट ग्यास लिक भई आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले आगलागीबाट पाँच वटा पसलमा रहेका सामान क्षति हुँदा रु एक करोड बराबरको क्षति भएको राससलाई जानकारी दिनुभयो । बाँकी तीन खाली सटरसमेत जलेर नष्ट भएका छन् ।

आगालागीमा परेर कमला तामाङले सञ्चालन गरेको जुत्ता पसल जल्दा रु १६ लाख, मुना थापाले सञ्चालन गरेको फेन्सी पसल जल्दा रु ३५ लाख, प्रदीप लम्सालले सञ्चालन गरेको दूध डेरी जल्दा रु दुई लाख, विकास श्रेष्ठले सञ्चालन गरेको सिलाइ कपडा पसल जल्दा रु दुई लाख, मधु न्यौपानेले सञ्चालन गरेको मोबाइल पसल जल्दा रु २० लाख र धर्मराज डङ्गोलले सञ्चालन गरेको मासु पसल जल्दा रु २५ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै श्याम श्रेष्ठ, टेकराज पोखरेल र धनबहादुर बस्नेतको तीन वटा सटरसमेत जलेर नष्ट भएको प्रवक्ता रिजालले बताए । नेपाल प्रहरी, स्थानीय बासिन्दा, पानीको दुई वटा दमकल, तीन वटा पानीको ट्याङ्करको सहायतामा उक्त आगलागी नियन्त्रणमा लिइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्