जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • निर्माण नै अघि बढेन बजेट व्यवस्था नहुँदा केन्द्रीय सरुवा रोग अस्पतालको

निर्माण नै अघि बढेन बजेट व्यवस्था नहुँदा केन्द्रीय सरुवा रोग अस्पतालको

काठमाडौं : सरकारले गत वर्षभित्र काठमाडौंमा निर्माण गर्ने भनिएको ३०० शैय्याको सरुवा रोग अस्पतालका लागि बजेट व्यवस्था नभएको पाइएको छ ।​

सरकारले टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालको स्तरवृद्धि गरी ३ सय शैश्याको केन्द्रीय स्तरको सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो। तर अस्पतालको स्तर वृद्धिको लगि बजेट व्यवस्थापन नभएपछि हाल सो कार्य अगाडि बढ्न नसकेको महालेखापरीक्षकको ६० औं प्रतिवेदनमा उल्लेख छ।

यस आर्थिक वर्षभित्र काठमाडौं उपत्यकामा ३०० शय्याको केन्द्रीय सरुवा रोग अस्पताल र सबै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माण गर्ने कार्यक्रम रहेकोमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई स्तरवृद्धि गरी केन्द्रीय सरुवा रोग अस्पतालको रूपमा विकास गर्न बजेट व्यवस्था नभएको पाइएको छ’ महालेखापरीक्षकको प्रतिवेदनमा भनिएको छ।

सरकारले आर्थिक वर्ष २०७७/७८ मा ल्याएको बजेटमा काठमाडौंमा ३०० बेडको सुविधासम्पन्न सरुवा रोग अस्पताल निर्माण गर्ने भनिएको थियो। त्यही अनुसार उक्त योजना अनुसार २ अर्ब ४४ करोडमा अस्पताल निर्माणको ठेक्का दिइएको छ ।

तर त्यसका लागि पर्याप्त बजेट व्यवस्था नभएको महालेखापरिक्षको प्रतिवेदनमा उल्लेख गरिएको हो।

पाँच वटा प्रदेशमा ५० शैय्याको सरुवा रोग अस्पताल निर्माण कार्य जारी रहेको छ भने दुई प्रदेशमा निर्माण कार्य सुरु हुन सकेको छैन । मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पूर्वाधार निर्माणको कार्य भइरहेको छ ।

कोशी र कर्णाली प्रदेशमा ५० शैय्याका सरुवा रोग अस्पतालहरू निर्माण कार्य नै सुरु नभएको देखिन्छ । कोशी प्रदेशको सुन्दरहरैँचामा स्थापना गर्ने भनिएको कोशी प्रदेशको सरुवा रोग अस्पतालको भवनको शिलान्यास भए पनि जग्गा विवादका कारण निर्माण कार्य रोकिएको छ।

कर्णाली प्रदेशमा जग्गा प्राप्तिको कार्य अन्तिम चरणमा पुगेको महालेखापरीक्षको प्रतिवेदनमा उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्