जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • म्यानचेस्टर र टोटनहम बराबरीमा रोकिए

म्यानचेस्टर र टोटनहम बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्पर बीचको खेल बराबरीमा टुंगिएको छ ।

शुक्रबार बिहान सकिएको खेलमा म्यान्चेस्टर युनाइटेड र टोटनहमले २–२ गोलको बराबरीमा अङ्क बाँडे ।

लन्डनस्थित टोटेनहम हटस्पर स्टेडियममा भएको खेलको ७ औं मिनेटमा म्यानचेस्टरका जेडान सान्चोले सुरुवाती गोल गरेका थिए भने ४४ औं मिनेटमा मार्कस रासफोर्डले थप गोल गरे पछि म्यान्चेस्टरलाई पहिलो हाफमा नै २–० को अग्रता लिएको थियो ।

तर, उसको सो सफलता भने लामो समयसम्म कायम रहन सकेन् । दोस्रो हाफको ५६ औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै घरेलु टोली टोटेनहमलाई २–१ को स्थीतिमा फर्काउन सफल भए भने ७९औं मिनेटमा कप्तान ह्यारी केनको पासमा ह्युङ मिन सनले गोल गर्दै खेललाई बराबरीमा ल्याइदिए । त्यसपछि कुनै टिमबाट गोल हुन नसक्दा अन्ततः खेल २(२ को बराबरीमा रोकिन पुग्यो ।

यस खेलसँगै युनाइटेड ३१ खेलबाट ६० अङ्क बटुलेर चौथो स्थानमा रहेको छ भने दुई खेल बढी खेलेको टोटेनहम ३३ खेलबाट ५४ अङ्क बटुल्दै पाँचौं स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्