जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • इन्धनको मूल्य घटेसँगै ५ सयसम्मले घट्दै हवाई भाडा

इन्धनको मूल्य घटेसँगै ५ सयसम्मले घट्दै हवाई भाडा

काठमाडौं । इन्धनको मूल्य घटेसँगै वायुसेवा कम्पनीहरुले भोलि बुधबारदेखि नै लागू हुने गरी हवाई भाडा घटाउने भएको छन् ।

वायुसेवा कम्पनीहरुले न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५ सय रुपैयाँसम्मले इन्धनवापतको खर्च घटाउने भएका हुन् । वायुसेवा कम्पनीहरुले हवाई भाडासँगै इन्धनको मूल्य छुट्टै जोडेर टिकेटमा एकमुष्ट पैसा लिने गरेका छन् ।

नेपाल आयल निगमले मंगलबारदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँका दरले इन्धनको मूल्य घटाएको छ । १३२ रुपैयाँबाट प्रतिलिटर १२६ रुपैयाँ हवाई इन्धनको मूल्य कामय भएको छ। वायुसेवा कम्पनीले इन्धनको मूल्य बढ्दा इन्धन शुल्कवापतको लागत जोड्ने र घट्दा घटाउने गरेका छन् । इन्धनको मूल्य घटेपछि वायुसेवाको इन्धनवापतको लागत पनि कम हुने भएकोले सोही अनुपातमा मूल्य घटाउँदाको हवाई टिकटमा केही कम हुने सम्बन्धित वायुसेवा कम्पनीको भनाइ छ ।

तर, वायुसेवा कम्पनीहरुको टिकट पछिल्लो समयको विपद र दशैंको सिजनले सबैजसो गन्तव्यको शतप्रतिशत बिक्री भइसकेको छ ।

भोलिदेखि जुन दिनलाई हवाई टिकट उपलब्ध हुन्छ त्यो दिनको टिकटमा भन्दा हालको घटेको हवाई इन्धनको लागत कम हुन्छ। वायुसेवा कम्पनीहरुले इन्धनको शुल्क घट्दा भाडा घट्ने भने पनि हाल सबैजसो उडान गन्तव्यमा चापाचाप उडान भएको र यात्रुले महंगो शुल्क तिरेरसमेत टिकेट लिइनसको हकमा भने महँगै शुल्क तिर्नुपरेको छ ।