जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • देउवासँग कुरा नमिलेपछि शेखर गगनले बोलाए आफू पक्षीय नेताको बैठक

देउवासँग कुरा नमिलेपछि शेखर गगनले बोलाए आफू पक्षीय नेताको बैठक

राष्ट्रिय सभाका उम्मेदवारका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि नेता डा शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले आफ्नो समूहको बैठक बोलाएको छ । कांग्रेस स्रोतका अनुसार गठबन्धनको विहानको बैठक पछि नेता कोइराला र महामन्त्री थापा सभापति देउवासँग छलफल गर्न धुम्बाराही गएका थिए । उक्त बैठकमा संख्या, मापदण्ड, योगदान लगायतका विषयमा छलफल भएको थियो । ‘पार्टीले मापदण्ड लागु गर्ने निर्णय गरेको छ । सभापति देउवा मापदण्ड लागु गर्ने सोंच देखिएन,’ संस्थापनइतरका एक नेताले भने,‘आफू अनुकूलका व्यक्तिहरुलाई ल्याउन मापदण्डको ख्याल गरेको देखिएन ।’

पार्टीको केन्द्रीय समिति बैठकले पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्‍याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिवद्ध स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएकालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउँदा प्राथमिकता दिने निर्णय गरेको थियो । भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिइने बैठकको निर्णय थियो । अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने पार्टी निर्णय छ ।सभापति देउवाले उम्मेदवार बनाउँदा पार्टीले गरेका निर्णय लत्याउन लागेको शेखर–गगन पक्षको आरोप छ ।

कांग्रेस स्रोतका अनुसार पार्टी भित्रको भागवण्डामा सम्माजनक हिस्सेदारीको कुरा समेत भएको थियो । शेखर–गगन पक्षले चार जना आफ्नो समूहलाई दिनुपर्ने माग गरेको थियो । सभापति देउवा तिन जनाका लागि तयार भएका थिए । पार्टीभित्रको भागवण्डा, मापदण्ड लगायतमा सभापतिसँग कुरा नमिलेपछि शेखर–गगन विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा पुगेका छन् । देउवासँग कुरा नमिलेपछि आफ्नो समूहका शीर्ष नेताहरुलाई छलफलका लागि डाकिएको छ । शेखर–गगन पक्षका पदाधिकारी, नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसी, डा मिनेन्द्र रिजाल लगायतलाई बैठकमा बोलाइएको छ । आफ्नो समूहको बैठक बस्न लागेको संस्थापनइतरका नेता डा गोविन्द पोखरेलले जानकारी दिए । कांग्रेसले आज नै कार्यसम्पादन समितिको बैठक बोलाएको छ । दिउँसो १ बजेको बैठक अपरान्ह ४ बजेका लागि सारिएको छ । गठबन्धनका दलबाट कांग्रेसले १० उम्मेदवार राष्ट्रिय सभामा उठाउने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्