जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • अमेरिकी राष्ट्रपतिमा विजयी ट्रम्पलाई राष्ट्रपति पौडेलको बधाई

अमेरिकी राष्ट्रपतिमा विजयी ट्रम्पलाई राष्ट्रपति पौडेलको बधाई

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएलगत्तै सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति पौडेलले बधाई तथा शुभकामना दिएका हुन्।

राष्ट्रपति पौडेलले ट्रम्पको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुने विश्वाससमेत व्यक्त गरे। ‘अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालका लागि तपाईंलाई सफलताको शुभकामना। तपाईंको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा म विश्वस्त छु,’ उनले एक्समा लेखेका छन्।

ट्रम्प डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले कम्तीमा २ सय ७७ इलेक्टोरल मत पाउने निश्चित भइसकेको छ। अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ मतमध्ये कम्तीमा २ सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ। ट्रम्पले आगामी २० जनवरी २०२५ देखि पदभार सम्हाल्नेछन्।