जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • कांग्रेसले टुङ्ग्यायो ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार

कांग्रेसले टुङ्ग्यायो ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार

विराटनगर। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

कांग्रेस मोरङ संसदीय समितिको बैठकले सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो। बिहीबार बसेको समितिको बैठकले पालिकाको अध्यक्षमा सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका जिल्ला उपसभापति भक्तिनाथ माझीले जानकारी दिए।

टिकटको टुङ्गो लगाउन कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा १३ सदस्यीय संसदीय समिति बनाइएको थियो। अध्यक्षका लागि १३ जना आकाङ्क्षी थिए।

माओवादी केन्द्रले भने यसअघि नै पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। माझी कांग्रेस छाडेर माओवादी प्रवेश गरेका हुन्। नेकपा एमालेले भने उम्मेदवारको टुङ्गो लगाएको छैन।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार ग्रामथानको अध्यक्ष निर्वाचित भएका थिए। गत असार ३ गते उनको निधन भएको थियो।