जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • कर्णालीमा श्रमाधान रोजगार मेला : २६७ जनालाई रोजगारीको प्रतिबद्धता

कर्णालीमा श्रमाधान रोजगार मेला : २६७ जनालाई रोजगारीको प्रतिबद्धता

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार सुर्खेत स्थित सिटी हलमा सञ्चालित मेलाको तीन हजार ५०० जनाले अवलोकन गरेका छन् ।

मेलामा २६३ जनाले विभिन्न खालको रोजगारीको लागि आवेदन दिएका छन् । त्यसैले गरी नेपाल चेम्बर अफ कमर्सको समन्वयमा २६७ रोजगारीको प्रतिबद्धता गरिएको छ ।
मेलाको समापन कार्यक्रममा बोल्दै नेपाल चेम्बर अर्फ कमर्स कर्णाली प्रदेशका अध्यक्ष चिन्तामणि न्यौपानेले मेलाले कर्णाली प्रदेशमा रोजगारी सृजना गर्न सहयोग पुग्ने बताए ।

मेलामा रोजगारदाता र श्रमिक बीच प्रत्यक्ष भेट हुँदा रोजगारीका विभिन्न आयामहरू खुलेको पनि उनले बताए । ‘यो मेला सुरुवात मात्रै हो । सरकारले यस्ता खालका मेलालाई निरन्तरता दिनुपर्छ’ उनले भने ।

मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सह आयोजकको रूपमा चेम्बर अफ कमर्स कर्णाली प्रदेश, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल, नेपाल तालिम तथा रोजगार महासंघ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ छन् ।

त्यस्तै, मेलामा सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाई, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानुन, सामाजिक सुरक्षा एवं आन्तरिक रोजगारीका विषयक कार्यशालाहरू सञ्चालन हुनेछन् । साथै वागिना एवं लोक दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशले संयोजन गर्नेछ । हुड्के नाच, झ्याउरे नाच, डेउडा समूहको प्रस्तुति थियो ।

जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला सुर्खेतमा जेठ २५ र २६ गते सञ्चालन भएको थियो । २७ र २८ गते सुदूरपश्चिमको धनगढी र २९ र ३० गते बागमती प्रदेशको ललितपुरबाट मेला समापन हुनेछ ।