जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • कृषि विश्वविद्यालयमा विद्यार्थी झगडाबारे संसदमा उठ्यो प्रश्न

कृषि विश्वविद्यालयमा विद्यार्थी झगडाबारे संसदमा उठ्यो प्रश्न

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा विद्यार्थीबीचको झगडाले परीक्षा स्थगित भएकोबारे प्रतिनिधि सभामा प्रश्न उठेको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका विद्यार्थी संगठनबीचको झगडाका कारण परीक्षा स्थगित भएको भन्दै विपक्षी दलका सांसदहरूले सरकार र सत्तारुढ दलमाथि प्रश्न गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आफ्ना भातृ संगठनलाई सम्हाल्न आग्रह गरे । ‘नेपाली कांग्रेस र नेकपा एमाले दुईवटै दललाई आग्रह हो– तपाईंहरुका भातृ संगठनलाई सम्हाल्नुस् । कि त भातृ संगठन नभन्नुस्, गुण्डाहरूको संगठन भन्नुस्’, सांसद शाहीले भने ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको छात्राबासका विद्यार्थीहरुबीच यही भदौ १३ गते कुटाकुट भएको र यो विषयमा सत्तारुढ कांग्रेससंवद्ध नेपाल विद्यार्थी संघ र एमालेसम्वद्ध अनेरास्ववियुबीच आरोप प्रत्यारोप चलेको छ ।

यही विषयलाई लिएर प्रहरीमा जाहेरी परेको छ । यसकारण भदौ १४ गतेदेखि हुने नियमित तथा मौका परीक्षा स्थगित भएको छ । भदौ २८ गतेदेखि हुने नयाँ भर्नाको लागि प्रवेश परीक्षा पनि स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले यो वा त्यो रुपमा विद्यार्थीको जाँचमा खेलवाड गर्न नहुने बताइन् ।

‘सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु– विद्यार्थीको जीवनमा, जाँचमा यस्तो खेलवाड नगरियोस्’, उनले भनिन् ।

विश्व विद्यालयमा राजनीतिक दल हावी हुँदा यस्तो समस्या देखिएको उनको टिप्पणी छ ।

‘विद्याविद्यालय पठनपाठनको क्षेत्र कम र पार्टीहरुको पार्टी प्यालेस बढी हुन थालेको छ । एउटा प्रधानमन्त्रीको पार्टी, एउटा गृहमन्त्रीको पार्टी । दुईटा विद्यार्थी संगठनको लडाईंमा पढ्छु मात्रै भन्ने विद्यार्थीहरुले जाँच पनि दिन नपाउने रु’ रास्वपा सांसद सुमनाको प्रश्न छ ।

सांसद श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइतबार हुने भनिएको दीक्षान्त समारोह स्थगित भएकोबारे पनि सरकारको ध्यानाकर्षण गरिन् ।

‘यो एएफयुको जाँच कहिले हुन्छ रु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह कहिले हुन्छ रु’ उनले भनिन् ।

कर्णालीको दीक्षान्त समारोहमा प्रधानमन्त्रीले अन्तिम समयमा कार्यव्यस्तता भनेको सुनेको भन्दै सांसद श्रेष्ठले त्यस्तो नगर्न सुझाव दिइन् ।

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दीक्षान्त समारोह नै रोकियो । आइतबार हुने भनिएको दीक्षान्त समारोहमा सबै विद्यार्थीहरु अब त दीक्षित भइन्छ भनेर गए, प्रधानमन्त्रीज्यूले, कुलपतिज्यूले राति म आउन सक्दिन, कार्यव्यस्तता भन्नुभयो । कार्यव्यस्तता मिलाउन नसक्ने कस्तो हो रु कार्यक्षमतामा पटकरपटक प्रश्न उठ्न थाल्यो । विद्यार्थीको दीक्षित हुने हक होइन त्यो रु’ उनले प्रश्न गरिन् ।

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पनि प्रधानमन्त्रीले अन्तिम समयमा नभ्याउने भन्दा समारोहमा उपस्थित हुन पुगेकाहरू त्यसै फर्किनुपरेको बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह भन्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी जुम्ला पुगेको उनले बताए । विद्यार्थी मात्रै नभएर डा। सन्दुक रुइत, स्वास्थ्य सचिव लगायत जुम्ला पुगेको सांसद शाहीले बताए ।

प्रधानमन्त्री बिरामी भएको भए, मौसम खराबी भएको भए स्वीकार गर्न सकिने तर, यस्तो अवस्था समेत नरहेको उनले बताए ।