जोडिनुहोस

हालको खबर

La roulette : un voyage fascinant au cœur des casinos
  • १ घन्टा अगाडि
Erros Comuns de Jogadores em Cassinos: O Que Evitar
  • २ घन्टा अगाडि
Online Casino No Deposit Bonus Coupon Codes
  • ३ घन्टा अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ३ घन्टा अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • ३ घन्टा अगाडि
  • होमपेज
  • ‘कञ्चनपुरमा बाढीबाट भएको क्षतिको जिम्मा सरकारले लिनुपर्छ’

‘कञ्चनपुरमा बाढीबाट भएको क्षतिको जिम्मा सरकारले लिनुपर्छ’

काठमाडौं– नेकपा एमालेका सांसद तारा लामा तामाङले बाढीबाट कञ्चनपुरमा भएको जनधनको क्षतिको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा उनले गृहजिल्लामा बाढीका कारण भएको धनजनको क्षतिको विवरण संसद्लाई जानकारी गराउँदै क्षतिको जिम्मा सरकारले लिनुपर्ने बताएका हुन् । ‘बारम्बार दोधा नदी र चौधर नदीका बारेमा बारम्बार आवाज राख्दा सम्बन्धित मन्त्रीले सुन्नै चाहेनन्,’ लामाले भने, ‘त्यस कारणले यो क्षति भएको छ । नैतिक रूपले यो सरकारले यसको जिम्मा लिनुपर्छ ।’

उनले अब बन्ने एमाले नेतृत्वको सरकारले दोधा र चौधर नदी नियन्त्रणका लागि गुरुयोजना बनाउनुपर्नेमा पनि जोड दिए ।‘अब बन्ने सरकारले त्यसमा गुरुयोजना बनाएर मानवीय क्षति र हजारौं बिगाहा खेतीयोग्य जमिन कटान हुनबाट मुक्त गर्नुपर्छ,’ उनले भने ।