जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • त्रिभुवन विमानस्थलमा यात्रु बिदाइ गर्दा खादा लैजान प्रतिबन्ध

त्रिभुवन विमानस्थलमा यात्रु बिदाइ गर्दा खादा लैजान प्रतिबन्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ । सुरक्षा जाँचका क्रममा एक्सरेहरू, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्‍याएकाले बाहिर देखिने गरी खादा माला नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आग्रह गरेको हो ।

कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुले खादा छाडेर जाने गर्नाले विमानस्थलको सुन्दरतामा नकारात्मक असर पुग्ने गरेको उल्लेख छ । हवाई यात्रु महानुभावहरूले त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलस्थित आन्तरिक तथा अन्तराष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा बिदाइस्वरूप साथमा ल्याउने या ब्यागमा झुन्डाएर ल्याउने खादाले सुरक्षा जाँचका क्रममा विमानस्थलको सुरक्षा उपकरणमा अड्किएर क्षति पुर्‍याइ रहेको छ ।

यात्रुले खादा विमानस्थलमा छाडेर जाने गर्नाले यहाँको सुन्दरतामा नकारात्मक असर पुग्ने गरेको छ । त्यसैले विमानस्थल टर्मिनल भवन प्रवेशका क्रममा सुरक्षा जाँच समयावधिभर माला खादा आदि वस्तु प्रयोग नगरीदिन हुन अनुरोध छ ।