जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • इसिडी शिक्षा सुधारको माग राख्दै माइतीघरमा उभिए समाजवादी विद्यार्थी अध्यक्ष

इसिडी शिक्षा सुधारको माग राख्दै माइतीघरमा उभिए समाजवादी विद्यार्थी अध्यक्ष

प्रारम्भिक बाल विकास केन्द्र इसिडी शिक्षा सुधारको माग राख्दै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको भ्रातृ संगठन नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं माइतीघर मण्डलमा उभिएका छन्। इसिडी शिक्षा सुधार गर्न सरकारलाई दबाब दिन उनले गुणस्तरीय शिक्षाको आधार, इसिडी शिक्षामा सुधारु लेखिएको प्ल कार्डसहित बुधबार चापागाईं माइतीघर मण्डलमा उभिएका हुन्।

शिक्षा क्षेत्रमा आगामी वर्ष सरकारले झन् बजेट कम गर्न लागेको भन्दै उनले त्यसो नगर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आग्रह पनि गरेका छन्। चापागाईं बुधबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म माइतीघर मण्डलमा उभिने कार्यक्रम छ। जेठ ४ गते माइतीघर मण्डलमै इसिडी शिक्षा सुधारका लागि बहस गर्ने नेपाल समाजवादी विद्यार्थी युनियनको तयारी छ।

प्रदेशका राजधानी र मुख्य शैक्षिक संस्थाहरूमा पनि नेपाल समाजवादी विद्यार्थी युनियनले विभिन्न मागसहित उभिएर दबाबमुलक कार्यक्रम गर्ने भएका छन्। जेठ ५ गते माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म र्‍याली गर्ने नेपाल समाजवादी विद्यार्थी युनियनले जनाएको छ। नेपाल समाजवादी विद्यार्थी युनियनले प्रारम्भिक बाल विकास शिक्षा राम्रो दिन नसके विद्यालय र विश्वविद्यालय शिक्षा पनि राम्रो बनाउन नसकिने बताउँदै आएको छ।

सरकारले सामुदायिक विद्यालयमा सञ्चालनमा ल्याएको इसिडी एक तहको रहेको तर निजी विद्यालयलाई चार तहको मान्यता दिने गरेको उनले बताएका छन्। इसिडी कम्तीमा तीन तहको बनाउन सरकारलाई समाजवादी विद्यार्थी युनियनको सुझाव छ। इसिडी शिक्षकहरूलाई बालमनोविज्ञान, केयरगिभर र मन्टेश्वरीसम्बन्धी तालीम दिन पनि सरकारसँग समाजवादी विद्यार्थीले माग गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्