जोडिनुहोस

हालको खबर

Erros Comuns de Jogadores em Cassinos: O Que Evitar
  • ४१ मिनेटutes अगाडि
Online Casino No Deposit Bonus Coupon Codes
  • १ घन्टा अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • १ घन्टा अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • १ घन्टा अगाडि
  • होमपेज
  • यू–१९ महिला एशिया कपः नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

यू–१९ महिला एशिया कपः नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

काठमाडौं। १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो । नेपालकी कप्तान पूजा महतोले २५, एलिशाकुमारी यादवले नटआउट २० रन बनाइन् । भारतकी परुनिका सिसोदियाले ४ विकेट लिइन् ।

नेपालले समूह चरणको पहिलो खेलमा हिजो पाकिस्तानलाई हराउँदै ’सुपर–४’ मा प्रवेश गरिसकेको छ । भारत पनि पाकिस्तानलाई हराउँदै ’सुपर–४’ मा पुगिसकेको छ । पाकिस्तान लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिएको छ ।

विश्वकपमा छनोट भएको नेपाली टोली १९ वर्षमुनिको एशिया कपमा स्वतः छनोट भएको हो । १९ वर्षमुनिको महिला विश्वकप आउँदो वर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । महिला एशिया कप पहिलो पटक आयोजना भइरहेको हो ।