जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाला सुन तोलामा १ लाख ४० हजार ६०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलाको १ लाख ४१ हजार ८०० रुपैयाँ तेजाबी सुन १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसतै, चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले घटेर १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।