जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • सिम्जुङ–महाभिर–घ्याच्चोक सडक धमाधम कालोपत्र गरिँदै

सिम्जुङ–महाभिर–घ्याच्चोक सडक धमाधम कालोपत्र गरिँदै

गोरखा– जिल्लाको अजिरकोट गाउँपालिकास्थित घ्याच्चोकगाउँ कालोपत्र सडकसँग जोडिने भएको छ । पूर्वाधार विकास कार्यालय गोरखामार्फत रु ३१ करोड ९८ लाख ९३ हजार लागतमा सिम्जुङबाट महभिर हुँदै घ्याच्चोकसम्मको सडक तीव्रगतिमा कालोपत्र भइरहेको छ ।

सडक कालोपत्रका लागि अहिलेसम्म सडक चौडा गर्ने, टेवा पर्खाल लगाउने, ग्याविन जाली भर्नेलगायत काम धमाधम भइरहेको छ । सिम्जुङ–महाभिर हुँदै घ्याच्चोकसम्मको आठ किलोमिटर बाटो कालोपत्र भएपछि घ्याच्चोकगाउँ पुग्न सहज हुनेछ ।

गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए। तोकिएको समयमा काम भए घ्याच्चोक कालोपत्र सडकसँग जोडिने पहिलो पालिका हुने उनले बताए। बर्खा याममा सवारी आउजाउ पूर्ण रूपमा ठप्प हुने हुँदा त्यस क्षेत्रका बासिन्दालाई सदरमुकाम ओहोरदोहोर गर्न कठिन थियो ।