जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • पोखरामा एकसाथ ५ हजार जनाले गरे योग

पोखरामा एकसाथ ५ हजार जनाले गरे योग

पाेखरा – पोखरा रंगशालामा शुक्रबार एकसाथ ५ हजार जनाले योग गरेका छन् ।

काठमाडौंस्थित भारतीय राजदूतावास, पोखरा महानगरपालिका र पतञ्जलि योगपीठको संयुक्त आयोजनामा पोखरा रंगशालामा अन्तर्राष्ट्रिय योग दिवस-२०२४ मनाइएको हो । पोखरा रङ्गशालामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय राजदूत नवीन श्रीवास्तव र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायत सहभागी थिए ।

उता पोखरा महानगरपालिकासँग सहकार्य गर्दै पोखरा रङ्गशालामा ठूलो योग प्रदर्शन कार्यक्रम भारतीय दूतावासले आयोजन गरेको हो । सन् २०२४ मा नेपालमा मनाएको अन्तर्राष्ट्रिय योग दिवस उत्सवको ठूलो कार्यक्रम यहाँ भएको हो ।गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले यस वर्षको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय योग दिवस पोखरामा आयोजना गरेकोमा भारतीय दूतावासलाई धन्यवाद दिए ।

उनले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने प्रधानमन्त्री मोदीको प्रस्तावलाई नेपालले समर्थन गरेको बताए । योगलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सुधार गर्ने एक उपयुक्त साधनाका रूपमा लिने गरिन्छ ।