जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबिच छलफल

सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबिच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस र एमाले र माओवादीका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा केहीबेरमा छलफल सुरु हुने नेताहरूले बताएका छन् । शीर्ष नेतासँगै ती दलका प्रमुख सचेतकहरूलाई पनि बैठकमा बोलाइएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले बोलाएको उक्त छलफलमा टीआरसी विधेयक लगायतका समसामयिक विषयमा कुराकानी हुने बुझिएको छ ।