जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • टेरामक्स प्रविधिले वार्षिक २५ अर्ब घोटाला रोकेको छ : सांसद बस्नेत

टेरामक्स प्रविधिले वार्षिक २५ अर्ब घोटाला रोकेको छ : सांसद बस्नेत

काठमाडौं।  नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्राएर कल बाइपास गरेर हुने गरेको अर्बौं रुपैयाँ घोटाला रोकेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद बस्नेतले आफूले कल बाइपास गरेर अर्बौं रुपैयाँ घोटाला हुने गरेको कुरालाई रोक्न टेरामक्स प्रविधि भित्र्याएको बताएका हुन्।

उनले टेरामक्स भिओआइपी प्रकरणलाई रोक्ने विधि भएको बताए। उनले कल बाइपास गरेर वार्षिक रुपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको बताए। उनले आफूले आँट गरेर सो विधिको शुरुवात गरेको बताए। उनले आफूलाई यस प्रकरणमा मुछिएको भन्दै उचित समयमा आफूले बोल्ने बताए।

उनले भने ‘टेरामक्समा ३ जना सांसदहरुको नाम मुछिएको छ। यसको बारेमा कुरा उठाउने गरेका छन् बेलाबेलामा। नेपाल मात्रै एउटा यस्तो देश हो जहाँ कल बाइपास गरेर वर्षको २५ अर्ब भन्दा बढी राजश्व घोटाला नेपालमा भएको छ। २५ अर्ब बार्षिक घोटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायलाई ढाकछोप गर्ने, थेग्ने अथवा डाइर्भट गर्न खोजेको हो यो भविष्यले बताउला। टेरामक्स नेपालमा अर्बौ रुपैयाँ राजश्व जोगाउने मन्त्र हो। फर्मुला हो। यो नभएसम्म कल बाइपास गरेर खाने काम भइरहन्छ।’ सांसद बस्नेतले एनसेल कालोबजारी गर्ने ठूलो संस्था भएको पनि बताए।