जोडिनुहोस
शुक्रबार, कार्तिक २९, २०८२
शुक्रबार, कार्तिक २९, २०८२
  • होमपेज
  • भारतको गुजरातमा स्टिल कारखानामा आगलागी हुँदा चार जनाको मृत्यु

भारतको गुजरातमा स्टिल कारखानामा आगलागी हुँदा चार जनाको मृत्यु

काठमाडौं। भारतको गुजरातमा रहेको एउटा स्टिल कारखानामा आगलागी हुँदा चार जनाको ज्यान गएको छ । गुजरातको सूरत नजिक हजिरामा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नाम गरेको कम्पनीको कारखानामा गएराति आगो लागेको हो ।

आगलागीमा परेर चार जना कामदारको ज्यान जानुका साथै एक जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । घाइतेलाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।

ताजा समाचार

धेरै टिप्पणी गरिएका