जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिनुपर्छः विष्णुकुमारी सापकोटा

गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिनुपर्छः विष्णुकुमारी सापकोटा

काठमाडौं। राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गैरआवासीय नेपाली (एनआरएन) लाई वंशजको आधारमा नागरिकता दिनुपर्ने बताएकी छन् ।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले एनआरएन पनि नेपाली नै भएकाले वंशजको नागरिकता दिनुपर्ने माग गरिन् ।

उनले एनआरएन विदेशमा काम गर्न गएका र नेपालमा आउँदा भिसा लाग्ने प्रणाली हटाउनुपर्ने बताइन् । उनले सरकारले अध्यादेशमार्फत ल्याएको आमाको नामबाट नागरिकता पाउने कुरा स्वागतयोग्य रहेको बताइन् । उनले आर्थिक स्थिति वृद्धि गर्नका लागि धेरै कानुनहरू निर्माण गर्न जरुरी रहेको बताइन् ।

उनले भनिन् ‘आमाको नामबाट नागरिकता बन्ने जुन अध्यादेश आएको छ । यो एकदमै राम्रो छ । एनआरएनका साथीहरूलाई पनि वंशजको नागरिकता दिनुपर्छ । किनभने उनीहरु नेपाली हुन् । विदेशमा काम गर्नको निम्ति गएका हुन् । उनीहरूलाई वंशजको नामबाट नागरिकता दिनुपर्छ र नेपालमा आउँदाखेरि आफ्नो देशमा भिसा लाग्ने सिस्टम हटाउन आग्रह गर्दछु । आर्थिक स्थिति वृद्धि गर्नका लागि हामीले धेरै कानुनहरू निर्माण गर्नुछ । ४० वटा जति विधेयक, त्यत्तिकै अल्झिएर रहेका छन् । विधेयक पास गर्नु मात्रै ठूलो कुरा होइन, कार्यान्वयन गर्नुपर्छ ।’

उनले दुई दलले मात्रै संविधान संशोधन हुन नसकेपनि सबै राजनीतिक दलहरूसँग छलफल गरेर संविधान संशोधन गर्नुपर्ने बताइन् । संविधान संशोधनमार्फत नागरिकलाई सहज सेवा दिनु सबै राजनीतिक दलहरूको भुमिका महत्वपूर्ण हुने बताइन् ।