
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार पनि सोहि मुल्यमा कारोबार भएको थियो ।
आज चाँदी भने तोलामा १५ रुपैयाँले बढेर १९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।