जोडिनुहोस
  • होमपेज
  • अनधिकृत पत्रकाण्डः सर्वोच्चका शाखा अधिकृत विष्टको म्याद थप गरिँदै

अनधिकृत पत्रकाण्डः सर्वोच्चका शाखा अधिकृत विष्टको म्याद थप गरिँदै

काठमाडौं । सर्वोच्च अदालतको लेटरहेड प्रयोग गरी अनधिकृत रूपमा पत्र लेखेको आरोपमा पक्राउ परेका शाखा अधिकृत महिमानसिंह विष्टको म्याद थप गर्न लागिएको छ।

स्रोतका अनुसार रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाउनुपर्ने भनी लेखिएको उक्त पत्र अनधिकृत रहेको पुष्टि भएपछि विष्टविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका प्रमुख एसपी कुलदीप चन्दका अनुसार विष्टलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदैछ।

गत बुधबार आफैं प्रहरी परिसर पुगेका विष्टले उक्त पत्र पेस गरेपछि प्रहरी नियन्त्रणमा लिइएर डिल्लीबजार कारागार पठाइएको थियो। तर पत्र आधिकारिक नभएको खुलेसँगै उनी पाँच घण्टामै रिहा भएका थिए। हाल अनुसन्धानको क्रम जारी रहेकाले थप विवरण सार्वजनिक गरिएको छैन।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका