
ललितपुरको ललितपुर महानगरपालिका वडा नम्बर–१६ महापालमा रहेको स्यस्यः समाज यलले ११ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । मङ्गलबजार कृष्ण मन्दिर परिसरबाट शुरु भएको र्याली नगर परिक्रमा गरी शुरु भएको समारोहमा छात्रबृत्ति वितरण लगायतका कार्यक्रम भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नगर परिक्रमाको सहभागिताले समुदायको विकासको लागि मिलेर काम गर्नुपर्ने र मिलेर बस्नुपर्छ भन्ने सन्देश दिएको बताउनुभयो । स्यस्यः समाज यलले समाज अघि बढाउन महत्वपूर्ण भूमीका खेलेको पनि उहाँको भनाइ छ ।
उपप्रधानमन्त्री सिंहले धेरै संघर्ष गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको भावना र मर्मअनुरुप अभ्यास गर्न पाएकै कारण अहिलेको अधिकार प्राप्त भएको भन्दै अधिकार मात्रै माग्ने भन्दा आफ्नो जिम्मेवारी पनि सँगै निभाउन सक्नुपर्ने बताउनुभयो ।