जोडिनुहोस
  • होमपेज
  • बेलायतमा आतङ्कवादविरुद्धको अनुसन्धानमा सात इरानीसहित आठ जना पक्राउ

बेलायतमा आतङ्कवादविरुद्धको अनुसन्धानमा सात इरानीसहित आठ जना पक्राउ

लण्डन– बेलायती प्रहरीले आतङ्कवादविरोधी दुई छुट्टाछुट्टै अनुसन्धानमा सात इरानी नागरिकसहित आठ जनालाई पक्राउ गरिएको जनाएको छ ।

लण्डनको महानगरीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एउटा अपरेसनमा चार जना इरानीसहित पाँच जनालाई ’आतङ्कवादी गतिविधिको तयारी गरेको’ आशङ्कामा पक्राउ गरिएको छ ।’

लण्डन, स्विन्डन र ग्रेटर म्यानचेस्टर क्षेत्रमा ‘आतङ्कवादी अपराध’ गर्न खोजेको आशङ्कामा उनीहरूलाई पक्राउ गरिएको हो । ती पुरुष २९ देखि ४६ वर्ष उमेर समूहका रहेका र उनीहविरूद्ध आतङ्कवादविरोधी प्रहरीले शनिबार ‘कुनै खास परिसरलाई निशाना बनाउने शंकास्पद षडयन्त्र’ गरेको आरोपमा पक्राउ गरेको थियो ।

चारै जना इरानी नागरिकलाई आतङ्कवाद ऐनअन्तर्गत पक्राउ गरिएको थियो भने पाँचौँ व्यक्ति, जसको राष्ट्रियता अझै पुष्टि हुने काम भइरहेको छ, लाई प्रहरी र आपराधिक प्रमाण ऐन अन्तर्गत हिरासतमा लिइएको हो ।

गृहमन्त्री यवेट कूपरले ‘राष्ट्रिय सुरक्षा खतरा’ प्रति बेलायतको प्रतिक्रियाको एक हिस्साका रूपमा यी ‘गम्भीर अभियान’ चालिएको बताएका छन् । महानगरीय प्रहरीका आतङ्कवाद विरोधी प्रमुख डोमिनिक मर्फीले भने, ‘यो द्रुत गतिमा चलिरहेको अनुसन्धान हो र हामी प्रभावित स्थलमा रहेका व्यक्तिहरूसँग नजिकबाट काम गरिरहेका छौँ ताकि उनीहरूलाई अद्यावधिक राख्न सकियोस्।’

उनले भने, ‘अनुसन्धान अझै प्रारम्भिक चरणमा छ र हामी कुनै सम्भावित उत्प्रेरणा स्थापित गर्न र यस मामिलासँग सम्बन्धित जनतामा थप जोखिम हुन सक्छ कि भनेर पहिचान गर्न विभिन्न प्रकारका अनुसन्धानको खोजी गरिरहेका छौँ ।’

यसैबीच शनिबार लण्डनमा आतङ्कवाद विरोधी प्रहरीले चलाएको अर्को कारबाहीमा इरानी नागरिकसहित अन्य तीन जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरीले लण्डनमा पक्राउ परेका तीनै जना ‘शुक्रबार पाँच जनालाई पक्राउ गरिएको घटनासँग सम्बन्धित नभएको’ पुष्टि गरेको छ ।

उनीहरू ३९, ४४ र ५५ वर्षका पुरुष व्यक्ति रहेको र उनीहरूलाई राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत पक्राउ गरिएको थियो । विदेशी हस्तक्षेप र जासुसीलगायत ‘राज्यका खतरा’लाई रोक्न कानुन प्रवर्तनका लागि प्रहरीलाई थप अधिकार दिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका