जोडिनुहोस
  • होमपेज
  • भेरी अस्पतालमा जलन वार्ड सञ्चालन

भेरी अस्पतालमा जलन वार्ड सञ्चालन

नेपालगञ्ज– नेपालगन्जको भेरी अस्पतालमा जलनका बिरामीका लागि जलन वार्ड सञ्चालनमा ल्याइएको छ।

विशिष्टीकृत उपचार सेवा प्रदेशमा विस्तार गर्ने स्वास्थ्य मन्त्रालयको नीतिअन्तर्गत भेरी अस्पताल नेपालगञ्जमा जलन वार्ड स्थापना गरिएको हो । वार्डको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले उद्‌घाटन गरेका छन् । मन्त्रालयको वैशाख महिनाको तालिका अनुसार १४ शैय्याको सर्जिकल युनिटसमेत सोही अवसरमा सञ्चालनमा ल्याइएको छ । मन्त्रालयको कार्यक्रमअनुसार बिरामीलाई निःशुल्क उपलब्ध गराउन सिकलसेल तथा थालेसेमियाको खोपसमेत हस्तान्तरण गरिएको छ ।

अब अस्पतालमार्फत बिरामीहरूले निःशुल्क खोप प्राप्त गर्नेछन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका