जोडिनुहोस
  • होमपेज
  • उदयपुरको कटारीमा चट्याङ लागेर बालकको मृत्यु

उदयपुरको कटारीमा चट्याङ लागेर बालकको मृत्यु

कटारी। कटारी नगरपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए।

सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएपछि परिवारले खोजी गरेका थिए। बेलुकी खोजी गर्न जाँदा उनी ढलिरहेको अवस्थामा फेला परेका थिए। “साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न गएका रहेछन्,” वडाध्यक्ष तामाङले भने, “खोज्न जाँदा वनमै चट्याङ लागेर ढलेको अवस्थामा भेटिएछन्।” इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको थप अनुसन्धान हुने जानकारी दिएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका