जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा

मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा

महेन्द्रनगर (धनुषा)। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेश प्रदेशमा छिट्टै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन्।

आज जनकपुरधामस्थित पार्टीको मधेश प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले आलोपालो सरकार बनाउने सहमतिको आधारमा कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने स्पष्ट पारे।

“आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा सत्ता साझेदार दलहरूसँग छलफल हुन्छ,” देउवाले भने, “कांग्रेस नेतृत्वमा सरकार बन्छ।”

कार्यक्रममा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव तथा मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो।