जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

काठमाडौं।राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध चयन भएकी छन्। राष्ट्रियसभा अध्यक्ष गणेशप्रशाद तिमिल्सिानाले उपाध्यक्षमा एकल उम्मेदवारी परेकाले अर्याल निर्विरोध निर्वाचित भएको सदनलाई जानकारी गराए।

नेपाली कांग्रेसले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी अर्याल निर्विरोध निर्वाचित भएकी हुन्। राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि तोकिएको समयमा एक मात्र उम्मेदवारको प्रस्ताव दर्ता भएको थियो।

अर्यालको प्रस्तावकमा माओवादी केन्द्रका उपाध्यक्ष यणकाजी श्रेष्ठ र समर्थकमा एमाले नेता देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा रहेका छन्।

लामो समयसम्म नेकपा एमालेमा रहेकी अर्यालले दोस्रो संविधान सभा निर्वाचनअघि माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्। राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी हुन् ।

राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको सांसद पदको कार्यकाल सकिएपछि करिब एक वर्षदेखि उक्त पद रिक्त थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्