
काठमाडौँ। सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) को अवसरमा भोलि शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार शुक्रबार नै सूचना जारी गरी बिदा दिने जानकारी सार्वजनिक गरिएको हो।
मन्त्रालयले पर्वको अवसरमा देश–विदेशमा रहनु भएका इस्लाम धर्मावलम्बीहरू तथा सम्पूर्ण नेपाली जनतामा शुभकामना व्यक्त गरेको छ।